बढ्यो इन्धनको मूल्य, अब पेट्रोल प्रतिलिटर ११३ रुपैयाँ

696 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं ।  नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमका अनुसार अब पेट्रोल, डिजेल, तथा मट्टीतेलमा प्रतिलिटर तीन-तीन रुपैयाँ मूल्य वृद्धि भएको छ ।

वृद्धि भएको मूल्यपछि अब पेट्रोलको प्रतिलिटर मूल्य एक सय १३ रुपैयाँ पुगेको छ । यस्तै, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ९५ रुपैयाँ पुगेको निगमले जनाएको छ ।

निगमले आन्तरिक हवाई इन्धनमा प्रतिलिटर पाँच रुपैयाँ बढाएको छ । अन्तर्राष्ट्रियतर्फको हवाई इन्धनमा भने प्रतिहजार लिटरमा ७५ डलर वृद्धि गरेको छ ।

नयाँ मूल्य सूची शनिबार राति १२ बजेदेखि लागू हुने निगम सञ्चालक समितिका सञ्चालक अरविन्द अग्रवालले जानकारी दिए ।

पछिल्लो समय भएको समायोजनपछि पनि निगमलाई इन्धनमा घाटा छ । पेट्रोलमा प्रतिलिटर एक रुपैयाँ ५९ पैसा तथा डिजेलमा तीन रुपैयाँ ४९ पैसा घाटा रहेको निगमले जनाएको छ । खाना पकाउने ग्यासमा प्रतिसिलिन्डर एक सय ३९ रुपैयाँ घाटा रहेको निगमको भनाइ छ।

अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य लगातार बढेकाले नेपालमा पनि समायोजनका क्रममा वृद्धि भएको निगमले जनाएको छ ।