गजुरीकी प्रीतिको भारतको सिलगढीमा मृत्यु

1997 पटक पढिएको

प्रकाशित मिति: २०७६, २२ बैशाख आईतवार ०६:३६

सम्पादक: धादिङ न्यूज

 

 

धादिङ २२ बैशाख । धादिङको गजुरी स्थायी वासिन्दा प्रीति छेत्रीको भारतको दार्जिलिङ जिल्लास्थित सिलगढीमा मृत्यु भएको छ । सिलगढी प्रधान नगर प्रहरीका अनुसार बिहीबार अपरान्ह घरभित्रै झुण्डिरहेको अवस्थामा प्रीतिको शव भेटिएको हो ।
१४ वर्षकी छोरीको मृत्युको सूचना पाएलगत्तै प्रीतिका बुबा वेदबहादुर र प्रीतिका दाजु शुक्रबार बिहानै सिलगढी पुगेका थिए । सिलगढीस्थित उत्पलनगर निवासी कल्पना देवी शर्माले प्रीतिलाई पढाइ दिने भनेर १ वर्ष अघि सिलगढी लगेका थिए ।कल्पनाका पतिको पहिले नै मृत्यु भैसकेको थियो भने उनका तीन छोरी कामका कारण बाहिर छन्। प्रीति स्थानीय सिसाबारी प्राथमिक पाठशालामा ४ कक्षामा पढ्थिन । सिलगढीको उत्तर बङ्गाल मेडिकल कलेज एवं अस्पतालमा पोस्टमर्टम गरेपछि प्रहरीले प्रीतिको शव परिवारलाई बुझाएको छ भने घटनाबारे अनुसन्धान शुरु भएको दैनिकी डट कमले खबर लेखेको छ ।



धादिङ जिल्लाको पहिलो अनलाइन खबर पत्रिका धादिङ न्यूज डट कम बिक्रम सम्वत २०७० साल जेठ २ गते तदनुसार सन २०१३ मे १६ देखि सञ्चालनमा आएको हो ।

२०७६, २२ बैशाख आईतवार ०६:३६ मा प्रकाशित