लागुऔषध अफिम र चरेस सहित गजुरीबाट एक पक्राउ

2456 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ, २३ बैशाख – भारतीय नम्बर प्लेटको गाडीमा फल्स बटम बनाई लागुऔषध अफिम र चरेश राखेर धादिङ  हुंदै भारत तर्फ जाँदै गरेको  अवस्थामा एक जनालाई पक्राउ गरेको छ । प्रतिबन्धित लागु औषधको बेचविखन तथा ओसार पसार नियन्त्रणका लागि बिशेष अभियान सञ्चालन गरिरहेको प्रहरीले धादिङको गजुरीबाट भारतीय नम्बर प्लेटको कारवाट १ सय ७८ ग्राम अफिम र ४७ किलो चरेस बरामद गरेको छ । लागु औषध नियन्त्रण ब्युरो कोटेश्वर र इलाका प्रहरी कार्यालय गजुरीबाट खटिएकोे संयुक्त प्रहरी टोलीले सोमबार विहान १ वजे तिर धादिङको गजुरी गाँउपालिकावडा नम्बर १ को सोतीखोलास्थित सडक खण्डबाट भारतीय नम्बर प्लेटको कार सहित उक्त अफिम र चरेश बरामद गरेको हो ।
प्रहरीले लागुऔषध बोकेर ल्याएको भारतीय नम्बर प्लेट डिएल ३ सिएडि नम्बरको ESTEEN VXI लेखिएको कालो रंगको कारका चालक कैलाली जिल्ला धनगढी उपमहानगरपालिका–४ उत्तर बेहडीका ४६ वर्षीय काल्चे बोहरालाई पक्राउ गरेको छ । पक्राउ गरिएका बोहरालाई लागुऔषधसम्बन्धी मुद्दा चलाइने प्रहरीले जानकारी दिएको छ ।

प्रहरीले लागुऔषध सर्च अपरेशनको क्रममा गाडीको पछाडीको सिटमुनी फल्स बटम बनाई चारवटा प्लास्टिकको पोका पारेर लुकाई छिपाई ओसार पसार गर्दै गरेको अवस्थामा अवैध लागुऔषध अफिम ९ सय ७८ ग्राम र खैरो रङको प्लास्टिक टेपले बेरेर पोका पारेको अवस्थामा लागु औषध ४० किलो चरेस चालकको साथबाट बरामद भएको प्रहरीले जनाएको छ । प्रहरीले बरामद गरिएको लागु औषध, भारतीय नम्बरको कार र पक्राउ परेका चालकलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय धादिङमा राखेको छ ।