धादिङमा आल्मुनियम,स्टिल र ग्रील व्यबसायीहरुको तदर्थ समिती गठन

1884 पटक पढिएको

प्रकाशित मिति: २०७६, २५ जेष्ठ शनिबार ०५:५६

सम्पादक: धादिङ न्यूज

 

 

धादिङ –  धादिङ जिल्लाका विभिन्न स्थानमा रहेर आल्मुनियम , स्टिल र ग्रील व्यबसाय सञ्चालन गर्दै आईरहेका व्यवसायीहरुको प्रारम्भिक भेला जेठ २४ गते  धुनिवेशी नगरपालिकाको धार्केमा सम्पन्न भएको छ । भेलाले रमेश प्रसाद आचार्यको संयोजकत्वमा ७ सदस्य तदर्थ समिती गठन गरेको छ ।

समितीको सहसंयोजकमा दिपक खड्का सदस्यहरुमा सफल कुँवर,सन्तोषकुमार भट्ट, दिनेश तामाङ,रामकृष्ण सुनुवार,अर्जुन अधिकारी चयन भएका छन । पहिलो भेलाले जेठ ३२ गते जिल्लाभरका व्यवसायीको पुर्ण भेला गर्ने निर्णय समेत भएको अध्यक्ष आचार्यले बताए । व्यवसाय दर्ता,व्यवसायीहरुको हक हित, गुणस्तरीय उत्पादन, मुल्यको एक रुपता , कामदारको सुरक्षा , लगाएतको व्यवसाय हितका लागि व्यवसायीहरु संगठित हुनु परेको अध्यक्ष आचार्यले बताए ।

एक दशक अघि देखि पत्रकारिता संगै राजनितिमा समेत सक्रिय रहँदै आएका आचार्य पछिल्लो समय धार्केमा रहेर आल्मुनियम , स्टिल र ग्रील व्यबसाय सञ्चालन गर्दै आईरहेका छन ।



धादिङ जिल्लाको पहिलो अनलाइन खबर पत्रिका धादिङ न्यूज डट कम बिक्रम सम्वत २०७० साल जेठ २ गते तदनुसार सन २०१३ मे १६ देखि सञ्चालनमा आएको हो ।

२०७६, २५ जेष्ठ शनिबार ०५:५६ मा प्रकाशित