सहुलियत पूर्ण कर्जाका लागि गजुरी गाउँपालिका र बाणिज्य बैक बिच सम्झौता

1165 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङको गजुरी गाँउपालिका र राष्ट्रिय बाणिज्य बैंक बिच सहुलियतपुर्ण कर्जाको लागि ब्याज अनुदान सम्बन्धि कार्यबिधी कार्यान्वयनको लागि सम्झौता भएको छ ।

गजुरी गाउँपालिकाले सहुलियतपूर्ण कर्जाको सहकार्यका लागि राष्ट्रिय वाणिज्य बैंक लिमिटेड सँग सम्झौता गरेको हो । गजुरी गाउँपालिकाका प्रमुख राजेन्द्रबिक्रम बस्नेत,बैंकका गजुरी शाखा प्रमुख अनिता श्रेष्ठ र धादिङ उद्योग वाणिज्य संघका अध्यक्ष रुद्रवहादुर खत्रीले शुक्रवार सम्झौता पत्रमा संयुक्त रुपमा हस्ताक्षर गरेका छन ।

बिना धितो सहुलियतपूर्ण ९ प्रकारको कर्जा प्रबाहको लागि गाँउपालिकाको अपनत्व सहित सहजिकरण गर्ने गरि सम्झौता भएको हो । सहुलियतपूर्ण कर्जा कार्यक्रमले गाँउपालिका भित्रको बेरोजगारी संख्या घटाउने, सफल ब्यबसायी निर्माण गर्ने, महिला उद्यमि निर्माण गर्ने, कृषि उत्पादन बढाउने, बिदेश गएका युबालाई गाउँ फर्काउने सकिने गाउँपालिकाले जनाएको छ ।

सम्झौता पछि गाउँपालिकाले आफ्नो क्षेत्र भित्र उद्यम तथा व्यवसाय गर्न चाहने व्यक्तिलाई परामर्श र उद्यमशीलता सम्बन्धी आवश्यक तालिमको व्यवस्थापन गर्ने गरी तालिम प्राप्त व्यक्तिलाई कर्जाको लागि बैंकमा सिफारिस गर्ने छ । गाउँपालिकाले सिफारिस गरेका उद्यमीहरुलाई बैंकले नियमानुसार सहुलियपूर्ण कर्जा लगानी गर्ने छ । प्राविधिक तथा परामर्श सेवा धादिङ उद्योग वाणिज्य संघले गर्नेछ ।