सुनचाँदी कला व्यवसायी संघ धादिङको अध्यक्षमा रमेश गुरुङ निर्वाचित

1194 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ- धादिङ जिल्ला भित्र छरिएर सुनचाँदी कला व्यवसाय सञ्चालन गर्दै आएका व्यवसायीहरुको साझा संस्था सुनचाँदी कला व्यवसायी संघ धादिङको अध्यक्षमा रमेश गुरुङ निर्वाचित हुनु भएको छ । गत शुक्रवार धादिङबेसीमा सम्पन्नसंघको तेह्रौं साधारण सभा तथा पाँचौं अधिबेशनबाट गुरुङको अध्यक्षतामा १३ सदस्यिय जिल्ला कार्य समितिको चयन भएको हो ।

अधिबेशनले संघको कार्य समितिको उपाध्यक्षमा लोकबहादुर सुनार,सचिवमा क्षितिज सुन्चुरी, कोषाध्यक्षमा निर्माण धमाललाई चयन गरेको छ ।


यसैगरी अधिबेशनले कार्यसमितिको सदस्यहरुमा गणेश बराईली,कुलवहादुर सुनार (ए),रामकृष्ण दुधराज,भिमबहादुर सुनार,मिनवहादुर सुनार,बाबुराम रसाईली, आशिष दुधराज, कुलवहादुर सुनार (बि) र अशोक सुनारलाई चयन गरेको छ ।

सुनचाँदी कला व्यवसायी संघका केन्द्रिय अध्यक्ष केशरवहादुर बिकको प्रमुख आतिथ्यमा भएको साधारण सभा तथा अधिबेशनको बिशेष अतिथिमा महासंघका उपाध्यक्ष सानुबाबु बराईली र अतिथिहरुमा जिल्ला संघका संस्थापक अध्यक्ष यतबहादुर सुनार,केन्द्रिय निर्देशक हरिप्रसाद रसाईली, जिल्ला संघका कानूनी सल्लाहकार कुलमान विक लगायत रहेका थिए । कार्यक्रम संघका अध्यक्ष सुदिप रसाईलीको अध्यक्षतामा सम्पन्न भएको थियो ।