धादिङ समाज जापानको अध्यक्षमा दिनेश शर्मा निर्वाचित

1757 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

जापान- धादिङबाट जापानमा गई विभिन्न पेशा व्यवसाय,अध्ययन, अनुसन्धानमा संलग्न धादिङेहरुको साझा संस्था धादिङ समाज जापानको अध्यक्षमा दिनेश शर्मा निर्वाचित हुनु भएको छ ।

आईतबार सम्पन्न भएको समाजको चौथो महाधिबेसनबाट कार्य समितिको वरिष्ठ उपाध्यक्षमा श्यामहरी तिम्सिना,उपाध्यक्षमा राम सिमखडा,सन्तोष तिवारी र दिनेश अधिकारी,महिला उपाध्यक्षमा सुजाता दुवाडी,महासचिवमा बिमल श्रेष्ठ चयन हुनुभएको छ ।

त्यसै गरि सचिवमा बिजय सडौला र प्रल्हाद अधिकारी,कोषाध्यक्षमा बिष्णु कुमार श्रेष्ठ, सह कोषाध्यक्षमा रामबाबु दनाई र सदस्यहरुमा, शुसान्त बानियाँ बद्री खनाल,पुष्पक अर्याल,दिनेश पण्डित,कृष्ण मगर,दिपक बिष्ट, गोकर्ण रुपाखेती,सुवास पाण्डे,राजेश्वर बस्नेत,ध्रुव भट्टराई,मदन कोईराला र बद्री पाण्डे चयन हुनुभएको जापानबाट श्याम शितलले जानकारी दिनु भयो ।

धादिङ समाज जापानले जापानमा रहेका धादिङेहरुको बिचमा समन्वय गर्दै उनिहरुको हकहित र समस्यामा परेका बेला सहयोग गर्नुका साथै विभिन्न क्षेत्रमा सामाजिक हितका कार्यहरु पनि गर्दै आईरहेको छ ।महाधिबेशन निवर्तमान अध्यक्ष कृष्णप्रसाद खनालको अध्यक्षतामा भएको थियो भने कार्यक्रमको प्रमुख अतिथि संस्थाका संरक्षक केशव अधिकारी रहनु भएको थियो ।

विभिन्न पेशा ,व्यवसाय तथा अध्यायनका शीलशिलामा जापानमा रहेका धादिङेहरु बीच आत्मियता र भाईचारा वृद्दि गराउँने मुख्य उद्देश्यका साथ धादिङ समाज जापानको स्थापना भएको हो ।