निषेधाज्ञा अवधिभरको विद्युत महसुलमा छुट

1228 पटक पढिएको

प्रकाशित मिति: २०७८, १५ जेष्ठ शनिबार १७:२५

सम्पादक: धादिङ न्यूज

 

 

काठमाडौं । कोरोना महामारीका कारण आम नागरिकले भोग्नु परेको पिडा कम गर्न सरकारले निषेधाज्ञामा प्रयोग गरिएका विद्युत महसुलमा छुट दिने भएको छ । अर्थमन्त्री विष्णु पौडेलले शनिवार सार्वजनिक गरेको आगामी बर्षको वजेट बक्तव्य मार्फत घरमा प्रयोग गरिएको विद्युत महसुल छुट दिने घोषणा गरिएको हो ।

२० युनिटसम्म विद्युत खपत गर्ने उपभोक्ताले विद्युतको महसुल सबै छुट पाउने छन् । भने मासिक १०० युनिटसम्मको खपतमा ५० प्रतिशत र २५० युनिटसम्म प्रयोग गरेमा ३० प्रतिशत छुट पाइने छ ।



धादिङ जिल्लाको पहिलो अनलाइन खबर पत्रिका धादिङ न्यूज डट कम बिक्रम सम्वत २०७० साल जेठ २ गते तदनुसार सन २०१३ मे १६ देखि सञ्चालनमा आएको हो ।

२०७८, १५ जेष्ठ शनिबार १७:२५ मा प्रकाशित