तामाङ समाज अमेरिकाको सचिवमा धादिङन्यूजका बुद्धिमान वाईबा निर्वाचित

1407 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

न्युयोर्क, अमेरिका । तामाङ समाज अमेरिकाको अध्यक्षमा विनिता तामाङ निर्वाचित हुनुभएको छ ।

जुन २६ तारिख शनिबारका दिन न्युयोर्कको लङ्ग आइल्याण्डस्थित क्विन्सब्रिज पार्कमा सम्पन्न तामाङ समाज अमेरिकाको दोस्रो अधिवेशनबाट विनिता तामाङको अध्यक्षतामा १३ सदस्यिय नयाँ कार्य समिति चयन भएको हो । निर्वाचित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा सन्तबहादुर तामाङ ,उपाध्यक्षमा किर्त तामाङ, महासचिवमा राजु तामाङ,सचिवमा बुद्धिमान वाईबा र कोषाध्यक्षमा दिलमाया तामाङ रहेका छन् ।सचिवमा निर्वाचित बुद्धिमान वाईबा धादिङको सिद्धलेक गाउँपालिका वडा नम्बर १ नयाँबस्तीका वासिन्दा हुनुहुन्छ । केही बर्ष देखि अमेरिकामा रहनु भएका तामाङ धादिङ न्यूज डट कमको कार्यकारी सम्पादक हुनुहुन्छ ।

यस्तै, सदस्यहरुमा बुद्धिमान घिसिङ, भोज गोङ्बा, धुतराज डुम्जन, चली तामाङ, रश्मि मम्बा, लक्ष्मी तामाङ, राज तामाङ रहेका छन । नवनिर्वाचित अध्यक्ष विनिता तामाङले तामाङ समाज अमेरिकाले तामाङ समुदायको हितका लागि क्रियाशील भएर काम गर्ने बताउँदै नेपाल र नेपालीको पहिचानलाई प्रवासमा स्थापना गर्ने अभियानमा नेतृत्वदायी भूमिका निर्बाह गर्ने प्रतिवद्धता व्यक्त गरेकी छिन् ।

न्युयोर्कमा सयभन्दा बढी संघसंस्थाले जाति, धर्म र नेपाली समुदायविशेषका कार्यक्रम गरिरहेका बताउँदै उनले नयाँ पुस्तालाई नेपाल, नेपालीको धर्म, संस्कृति, संस्कार र इतिहास सिकाउन हरेक परिवारले ध्यान दिनुपर्ने बताईन् । तामाङ समाज अमेरिकाले समुदायका विभिन्न चाडपर्व लगायतका उत्सवहरूमा विभिन्न कार्यक्रमहरू गर्दै आइरहेका छन् ।