पिण्डेश्वरी मन्दिर संरक्षण गर्न समितिको गठन
875 पटक पढिएको

गजुरी १४ कात्तिक । धार्मिक तथा सांस्कृतिक महत्व बोकेको धादिङको गजुरी गाउँपालिका वडा नं.५ मा रहेको पिण्डेश्वरी मन्दिर संरक्षण तथा सम्वद्र्धन गरिने भएको छ ।
पिण्डेश्वरी मन्दिर संरक्षण तथा सम्वद्र्धन समिति गठन गरि अध्यक्षमा शंकर थापा चयन गरिएको छ । एघार सदस्यिय कार्य समितिको सचिवमा उपेन्द्र खतिवडा,कोषाध्यक्षमा सावित्रा श्रेष्ठ र सदस्यहरुमा कुमार भण्डारी,रेशम थापा,ईन्द्र कुमारी तिमल्सिना,बिमला लामिछाने,मञ्जु भण्डारी,नारायण कोईराला,ज्ञानलाल श्रेष्ठ,लिला पण्डित रहेका छन् ।
कार्य समितिको गठन संगै जित बहादुर भण्डारीको संयोजकत्वमा राजेन्द्र भण्डारी,विष्णु भण्डारी,प्रमोदराज रुपाखेती,सन्तोष भण्डारी,गोविन्द लामिछाने,हरि प्रसाद सुबेदी,बिनोद रुपाखेती,अशोक घिमिरे सदस्य रहने गरि नौ सदस्यीय सल्लाहकार समिति पनि गठन गरिएको छ ।
दिनेश भण्डारीको अध्यक्षतामा शनिवार भेला सम्पन्न भएको हो । समितिको कार्यकाल दुई बर्ष रहेको छ । पिण्डेश्वरि मन्दिर संरक्षण र संम्वर्दनमा स्थानीयको पनि उत्साहजनक सहभागिता रहेको छ ।
मन्दिरमा बलिघर निमाणका लागि नव निर्वाचित अध्यक्ष थापाको सहयोग रहेको थियो । त्यसै गरि भण्डारी समाज द्वारा देवी, कुमारको मुर्ति सहयोग गरिएको भण्डारी समाजका संस्थापक अध्यक्ष विष्णु भण्डारीले जानकारी दिनुभयो। त्यसै गरी बसाहा(साढे)को मुर्ति पनि मन्दिरमा सहयोगबाटै निर्माण भएको पनि निवर्तमान अध्यक्ष भण्डारीले बताउनुभयो।
मन्दिरको निर्माण कार्य जारी रहेकोले शनिबारको भेलामा उपस्थित भएकाहरु मध्येबाट पनि कुमार भण्डारीले १५ हजार,रामशरण लामिछाने र बाबुकाजी थापाले ५÷५ हजार नगद सहयोग उपलव्ध गराएको समितिले जनाएको छ । नयाँ गठन भएको समितिले सरोकारवाला पक्ष संग समन्वय गरी तत्काल गुरु योजना निमार्ण गरि पिण्डेश्वरि मन्दिरलाई जिल्लाकै धार्मिक तिर्थस्थल तथा पर्यटनको आकर्षण क्षेत्र बनाउने अध्यक्ष थापाले जानकारी दिनुभयो ।
धादिङ जिल्लाको पहिलो अनलाइन खबर पत्रिका धादिङ न्यूज डट कम बिक्रम सम्वत २०७० साल जेठ २ गते तदनुसार सन २०१३ मे १६ देखि सञ्चालनमा आएको हो ।
२०७८, १४ कार्तिक आईतवार ०८:१० मा प्रकाशित