तामाङ समाज अमेरिकाको महासचिवमा धादिङका बुद्धिमान वाईबा

710 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

न्युयोर्क । “नेपाली डायस्पोरामा सामुदायिक सक्रियतालाई पुन: परिभाषित गर्दै” भन्ने मूल नाराका साथ तामाङ समाज अमेरिकाको वार्षिक साधारण सभा सम्पन्न भएको छ । क्विन्स् ब्रीज पार्क न्यु योर्कमा शनिबार सम्पन्न सभाको कार्यक्रमको अध्यक्षता संस्थाकी अध्यक्ष बिनिता तामाङले गर्नु भएको थियो।
जनसम्पर्क समिति अमेरिकाका नेता भोजराज थोकरको प्रमुख आतिथ्यता रहेको वार्षिक साधारण सभामा संस्थाका निवर्तमान महासचिव राजु तामाङद्वारा संस्थाको आर्थिक तथा प्रगती प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रमको अर्को चरणमा संस्थाको कार्यसमिती पुनर्गठन गर्दै तत्कालिन महासचिव राजु तामाङलाई उपाध्यक्ष, सचिब बुद्धिमान वाइबालाई महासचिब, बुद्धिमान घिसिङलाई सचिब साथै अदिप लामा, बिर लामा र प्रेरणा वाइबालाई बोर्ड अफ् डाइरेक्टरको जिम्मेवारी प्रदान गरेको थियो। महासचिवमा चयन हुनु भएका वाईबा धादिङ जिल्लाबाट संचालित पहिलो अनलाइन धादिङ न्यूज डट कमका कार्यकारी निर्देशक समेत हुनुहुन्छ । मनोनित नव पदाधिकारी हरुलाई प्रमुख अतिथी थोकरले प्रमाण पत्र वितरण गर्नु भएको थियो।

समर बार्बिक्यु पिक्निक तथा बिभिन्न खेल सहित सम्पन्न सभाको विशेष अतिथि तामाङ समाज अमेरिकाका संरक्षक एवं एल्मर्स्ट हस्पिटल क्विन्सका कम्युनिटी एड्भाइजरी बोर्डका अध्यक्ष लुइसाङ् वाइबा, अतिथिहरु न्यु योर्क सिटी मेयर कार्यालय एशिया समितिका सल्लाकार नवराज केसी, जनसम्पर्क समिति अमेरिकाका नेता वेद खरेल, एनआरएन न्यु योर्क च्याप्टरका अध्यक्ष आङ्छिरिङ् शेर्पा, य़ुनाइटेड़ शेर्पा एसोसियसनका छिरिङ् शेर्पा, न्यूयोर्क राज्यको पर्यटनदूत प्रदिप श्रेष्ठ तथा तामाङ सोसाइटी अफ् अमेरिकाका पुर्ब अध्यक्ष समाजसेवी शान्त थोकर लगायतको उपस्थिती रहेको थियो।

साधारण सभा संगै समर बार्विक्यु पिकनिक समेत सम्पन्न भएको थियो ।