चौतर्फि विरोध पछि घट्यो धादिङको बस भाडा

242 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ— डिजेलको मुल्य घटेको २ साता पछि वाग्मती प्रदेश अन्तर्गत श्रम रोजगार तथा यातायात मन्त्रालयले धादिङ सहित वाग्मती प्रदेशमा चल्ने सार्वजनिक सवारीको भाडा घटाएको छ । पेट्रोलियम पदार्थको मूल्य घटेपनि धादिङ लगायत वागमती प्रदेश भित्र चल्ने सार्वजनिक सवारी साधनले भाडादर पनि घटाएका थिएनन् । डिजेलको मूल्य घटेपनि धादिङमा घटेन बस भाडा शिर्षकमा धादिङ न्यूज डट कमले मिति २०८० जेठ ११ गते समाचार प्रकाशित गरेको थियो ।

नयाँ भाडा दर अनुसार अव धादिङबेसी- काठमाण्डौं  यात्रा गर्दा बस भाडा २५९ लाग्नेछ । यस अघि यात्रु बाहक बसले २७५ रुपैयाँ लिंदैं आईरहेका थिए । भाडा घटेको भएपनि शनिवार चलेका धेरै वटा बसले काठमाण्डौं बाट धादिङबेसी सम्मको भाडा प्रति व्यक्ति २६५ रुपैयाँ लिएको यात्रुहरुले वताएका छन् ।

चौतर्फि विरोध पछि प्रदेश भाडा निर्धारण र सामायोजन तथा विद्युतीय भाडा भुक्तानी नियमावली,२०७८ को नियम ६ को उप नियम ९२०ले दिएको अधिकार प्रयोग गर्दै मन्त्रालयले भाडा घटाएको हो ।

मन्त्रालयका अनुसार २०८० जेठ ८ गतेको मन्त्रीस्तरीय निर्णयअनुसार जेठ १३ गते शुक्रबार देखि लागू हुनेगरी दूरीअनुसार नयाँ भाडादर कायम गरिएको मन्त्रालयले जनाएको छ । मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गर्दै नयाँ भाडादर कायम भएको उल्लेख गरेको भएपनि धादिङ लगायतका अधिकांश जिल्लाबाट चल्ने सवारी साधनले पुरानै भाडादर उठाईरहेका छन् । अनुगमन गर्ने निकाय फितलो भएका कारण नयाँ भाडा दर तत्काल कार्यान्वयन हुनेमा शंका उत्पन्न भएको छ ।