भारत र पाकिस्तानविरुद्धको खेल वर्षाका कारण रोकियो

486 पटक पढिएको

१६ भाद्र २०८०, शनिबार १८:४५ सम्पादक: धादिङ न्यूज

काठमाडौं । भारत र पाकिस्तानविरुद्धको जारी खेल वर्षाका कारण फेरि रोकिएको छ । वर्षाका कारण खेल दोस्रो पटक रोकिएको हो ।

भारतका कप्तान रोहित शर्मा, विराट कोहली र श्रेयस ऐयर आउट भएका छन् । यसअघि पनि वर्षाका कारण करिब आधा घण्टा खेल रोकिएको थियो । वर्षा रोकिएपछि फेरि शुरू भएको थियो । भारतले ११ दशमलव २ ओभर खेल्दा ३ विकेट गुमाउँदै ५१ रन बनाएको छ ।