इंग्लिश प्रिमियर लिग: चेल्सीद्धारा फुल्हम पराजित

164 पटक पढिएको

सम्पादक: Dhading News

काठमाडौं । इंग्लिश प्रिमियर लिग फुटबलमा चेल्सीले फुल्हमलाई २–० ले हराएको छ ।

सोमबार राति फुल्हमको मैदानमा भएको खेलमा चेल्सीलाई विजयी गराउन मिखाइलो मुड्रिक र अर्मान्डो ब्रोयाले एक एक गोल गरे । जितसँगै चेल्सीका प्रशिक्षक र खेलाडीलाई केही राहत भएको छ ।

यो सिजनको सुरुदेखि नैं सोचे अनुसारको प्रदर्शन गर्न नसकेको चेल्सीका लागि प्रिमियर लिगका सात खेलमा यो दोस्रो जित हो । सात खेलबाट ८ अंक जोडेको चेल्सी तालिकाको एघारौं स्थानमा उक्लिएको छ ।

समान खेलबाट १८ अंक जोडेको म्यान्चेस्टर सिटी शिर्ष स्थानमा छ । दोस्रो स्थानको टोटनह्याम हट्सपर र तेस्रो स्थानको आर्सनलको समान १७ अंक छ ।