युरोकप फुटबल: इटालीको माल्टामाथि ४–० गोल अन्तरको जित

159 पटक पढिएको

सम्पादक: Dhading News

काठमाडौं । युरोकप फुटबल छनौट खेलमा इटालीले माल्टालाई ४–० गोल अन्तरले हराएको छ ।

गएराती आफ्नै मैदानमा भएको खेलमा इटलीलाई विजयी गराउन डोमेनिको बेरार्दीले दुई गोल गर्दा जियाकोमा बोनाभेन्टुरा र डेभिडे फ्रातेसीले एक एक गोल थपे । जितसँगै इटालीले युरोकप छनौटको समुह सि मा शिर्ष स्थानमा रहेको इंग्ल्याण्डमाथि दबाब बढाएको छ । ५ खेलबाट इग्ल्याण्डको १३ अंक छ भने इटालीको १० अंक भएको छ । छैटो चरणको खेलमा इटाली र इग्ल्याण्ड भिड्दैछन् ।

युरोकप छनौटकै अर्को खेलमा डेनमार्कले काजखस्तानलाई ३–१ ले हराउँदा लिथुआनियाले बुल्गेरियालाई २–० ले, स्लोभेनियाले फिनल्याण्डलाई ३–० ले तथा हंगेरीले सर्वियालाई २–१ ले हराएका छन् ।