आईसीसी विश्वकप क्रिकेटमा न्युजिल्याण्डको लगातार चौथो जीत

119 पटक पढिएको

सम्पादक: Dhading News

काठमाडौं । भारतमा जारी एकदिवसीय आईसीसी विश्वकप क्रिकेटमा न्युजिल्याण्डले लगातार चौथो जीत हात पारेको छ ।

बुधबार राति अबेर सम्पन्न भएको खेलमा न्युजिल्याण्डले अफगानिस्तानलाई १ सय ४९ रनको फराकिलो अन्तरले हराएको हो । चेन्नइस्थित एमए चिदम्बरम रंगशालामा भएको खेलमा शुरुवाती व्याटिङ गरेको न्युजिल्याण्डले प्रस्तुत गरेको २ सय ८९ रनको लक्ष्य पछ्याउने क्रममा अफगानिस्तानले ३४.४ ओभरमा मात्र १ सय ३९ बनाउन सक्यो । न्युजिल्याण्डले निर्धारित ५० ओभरमा ६ विकेटको क्षतिमा २ सय ८८ रन बनाएको थियो ।

अफगानिस्तानका लागि रहमत शाहले सर्वाधिक ३६ रन बनाए। अजमतुल्लाह उमरजईले २७, इकरम अलिखिलले १९, इब्राहिम जर्दानले १४ र रहमानुल्लाह गुरबाजले ११ रन बनाए । अन्य खेलाडीले दोहोरो अंकको स्कोर छुन सकेनन् ।न्युजिल्याण्डका मिचेल सेन्टनर र लाकी फग्र्युसनले समान ३, ट्रेन्ट बोल्टले २ तथा माट हेनरी र रचिन रबिन्द्रले १ विकेट हात पारे ।

टम लाथमले ६८ रन बनाएको इनिङ्समा विल योङ्गले ५४ रनको योगदान गरेका थिए । रचिन रबिन्द्रले ३२ रन बनाएका थिए । अफगानिस्तानका नाभिन अल हक र अजमतुल्लाह ओमरजाईले समान २ तथा रासिद खान र मुजिब उर रहमानले समान १–१ एक विकेट हात पारे ।

न्युजिल्याण्ड यो जितसँगै सहित शीर्ष स्थानमा उक्लिएको छ । उसले ४ खेलबाट ८ अंक जोडेको छ । अफगानिस्तानको भने मात्रै २ अंक रहेको छ ।