त्रिदेशीय टी–ट्वेन्टी क्रिकेट सिरिजमा नेपालको दोस्रो जित

187 पटक पढिएको

सम्पादक: Dhading News

काठमाडौं । त्रिदेशीय टी–ट्वेन्टी क्रिकेट सिरिजमा नेपालले लगातार दोस्रो जित निकालेको छ । आज मूलपानी क्रिकेट मैदानमा भएको खेलमा नेपालले हङकङलाई ६ विकेटले हराएको हो ।

हङकङले दिएको ९५ रनको सामान्य लक्ष्य नेपालले १३ ओभर ५ बलमा ४ विकेट गुमाएर पुरा गर्यो । नेपालका आसिफ शेखले सर्वाधिक ४२ रन बनाए । यस्तै, कप्तान रोहित पौडेलले नटआउट २५ रन बनाए ।

यसअघि पहिले ब्याटिङ गरेको हङकङले १९ ओभर ३ बलमा अलआउट हुँदै ९४ रन बनाएको थियो । हङकङका लागि यासिम मुर्ताजाले ३६ र जिसान अलीले १७ रन बनाए । अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन् ।

नेपालका करन केसीले सर्वाधिक ४ विकेट लिए । यस्तै, सोमपाल कामी र अविनास बोहोराले दुई–दुई तथा कुशल मल्ल र मौषम ढकालले एक–एक विकेट लिए । यसअघि हिजो भएको खेलमा नेपालले यूएईलाई हराएको थियो ।