एकदिवसीय विश्व कप क्रिकेटमा दक्षिण अफ्रिकासँग अफगानिस्तान पराजित

145 पटक पढिएको

सम्पादक: Dhading News

काठमाण्डाै – आईसीसी एकदिवसीय विश्व कप क्रिकेटमा दक्षिण अफ्रिकाले अफगानिस्तानलाई ५ विकेटले हराएको छ ।

२ सय ४५ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले ४७ ओभर ३ बलमा ५ विकेट गुमाएर भेट्टायो । उसका रस्सी भान डेर डुसेन ७६ रनमा र एन्डिले फेहलुकवायो ३९ रनमा अविजित रहे । क्विन्टन डी ककले ४१, एडेन माक्ररमले २५, डेभिड मिलरले २४ तथा कप्तान टेम्बा बाभुमाले २३ रन जोडे ।

अफगानिस्तानका रसिद खान र मोहम्मद नाबीले समान २ र मुजिब उर रहमानले एक विकेट लिए । त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित ५० ओभरमा अलआउट हुँदै २ सय ४४ रन बनाएको थियो । अफगानिस्तान सेमिफाइनलमा पुग्न सकेन । यसअघि नै विश्व कपको सेमिफाइनलमा पुगिसकेको दक्षिण अफ्रिकाले समूह चरणका ९ खेलमा १४ अङ्क जोडेको छ ।

विश्व कप क्रिकेटमा आज दुई वटा खेल हुँदैछन् ।