एनएसएल फुटबलमा एफसी चितवनसँग वीरगञ्ज युनाइटेड पराजित
176 पटक पढिएको
काठमाण्डाै – नेपाल सुपर लिग (एनएसएल) फुटबलमा एफसी चितवनले वीरगञ्ज युनाइटेड एफसीलाई हराएको छ ।
दशरथ रङ्गशालामा भएको खेलमा चितवनले वीरगञ्जलाई २–१ गोलले हरायो । खेलको २८औँ मिनेटमा विमल घर्तीमगरले गोल गरेर चितवनलाई अग्रता दिलाएका थिए ।
वीरगञ्जका लागि विदेशी खेलाडी बाफोउरले ५५ मिनेटमा गोल गरेर खेल बराबरीमा ल्याएका थिए । तर ६७औँ मिनेटमा टोरिक जेब्रिनले गोल गरेर जित दिलाए ।
चितवनको तीन खेलमा चार अङ्क भएको छ । दुवै खेल हारेको वीरगञ्ज अङ्कविहीन हुँदै पुछारमा छ । एनएसएल प्रतियोगितामा ९ टोली सहभागी छन् ।