नेपाल सुपर लिग: आज बुटवल–लुम्बिनीले झापासँग खेल्दै

188 पटक पढिएको

सम्पादक: Dhading News

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) एनएसएल फुटबलमा आज बुटवल लुम्बिनी एफ.सी.ले झापा एफ.सीसँग सामना गर्र्दैछ ।

लिगमा ५ खेलबाट ७ अंक जोडेको बुटवल लुम्बिनी तालिकाको पाँचौ स्थानमा छ भने चार खेलबाट ३ अंक मात्रै जोडेको झापा पुछारबाट एक स्थान माथि आठौं नम्बरमा रहेको छ ।

यस्तै सोमबार भएको खेलमा काठमाडौँ रेजर्सले दोस्रो जित निकालेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हिजो भएको खेलमा पोखरा थण्डर्सलाई २–१ ले हराउँदै काठमाडौँले प्ले अफ्मा पुग्ने संभावना जिवित राखेको हो ।

सोमबारको जितसहित काठमाडौँ तालिकाको चौथो स्थानमा उक्लिएको छ । काठमाडौँले पाँच खेलमा ८ अंक जोडेको छ । धनगढी र पोखराको पनि ८–८ अंक छ । ९ अंकसहित ललितपुर सिटी शीर्ष स्थानमा छ । हिजोको हारसंगै पोखराको अपराजित यात्रा पनि सकिएको छ ।