एनएसएल फुटबलमा आज दुई खेल हुँदै

136 पटक पढिएको

सम्पादक: Dhading News

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) फुटबलमा आज दुईवटा खेल हुँदै छन् । पहिलो खेल पोखरा थन्डर्स र धनगढी एफसीबीच हुनेछ । यो खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दिउँसो १ बजे सुरु हुनेछ ।

आज साँझ ५ बजे हुने अर्को खेलमा झापा एफसी र एफसी चितवनबीच प्रतिस्पर्धा हुनेछ । झापा आजको खेल जित्दै प्लेअफको सम्भावना जीवित राख्न चाहन्छ । चितवन प्लेअफ यात्राबाट यसअघि नै बाहिरिसकेको छ ।