नेपाल सुपर लिग: आज लिग चरणको अन्तिम दुई खेल हुँदै

151 पटक पढिएको

सम्पादक: Dhading News

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) मा आज लिग चरणको अन्तिम खेलमा वीरगञ्ज युनाइटेड एफसी र एफसी बुटवल लुम्बिनी तथा काठमाडौ रेजर्स एफसी र ललितपुर सिटी एफसीबीच खेल हुनेछ ।

यी खेलमा वीरगञ्ज र काठमाडौ हारेको अवस्थामा झापाको प्लेअफ खेल्ने सम्भावना रहनेछ । यसअघि हिजोको खेलमा एफसी चितवनले झापा एफसीलाई हराउँदै सान्त्वना जित निकालेको छ ।

शुक्रबार भएको खेलमा चितवनले झापालाई २–० गोलले हरायो । चितवनको जितमा रफिक अमिनुले नै २ गोल गरे । यो हारसँगै झापाको प्लेअफ सम्भावना अन्य टोलीको नतिजामा निर्भर रहनेछ । यो जितसँगै चितवन ८ खेलमा ९ अङ्कसहित तालिकाको पाँचौँ स्थानमा उक्लिएको छ ।

झापा ८ खेलमा १० अङ्कसहित तालिकाको चौथो स्थानमा छ । चितवनको प्लेअफ खेल्ने सम्भावना भने यसअघि नै सकिसकेको थियो ।