एनएसएलमा एफसी बुटवल लुम्बिनीसंग वीरगञ्ज युनाइटेड एफसी पराजित

110 पटक पढिएको

सम्पादक: Dhading News

काठमाण्डौ । नेपाल सुपर लिग (एनएसएल) फुटबलमा एफसी बुटवल लुम्बिनीले वीरगञ्ज युनाइटेड एफसीलाई हराएको छ । आज त्रिपुरेश्वरको दशरथ रङ्गशालामा भएको खेलमा बुटवलले वीरगञ्जलाई १–० गोलले हरायो । खेलको इन्ज्युरी समयमा गोल गर्दै बुटवलले सान्त्वना जित निकाल्यो ।

बुटवलका चन्दन दासले गोल गरे । प्लेअफमा पुग्न वीरगञ्जलाई यो खेल जित्नैपर्ने थियो तर हारेर प्रतियोगिताबाट बाहिरियो । बुटवल पनि प्लेअफमा पुग्न सकेन ।

यो जितसँगै बुटवलले ८ खेलमा १० अङ्कसहित तालिकाको पाँचौँ स्थानमा रहेर प्रतयोगिता अन्त्य गरेको छ । वीरगञ्ज ८ खेलमा ८ अङ्कसहित सातौँ स्थानमा रह्यो ।

एनएसएलमा आजै बेलुका ५ बजे लिगको अन्तिम खेलमा ललितपुर सिटी एफसी र काठमाण्डौ रेजर्स एफसीबीच खेल हुँदैछ । वीरगञ्जको हारले ललितपुर ७ खेलमा १० अङ्कसहित प्लेअफमा पुगेको छ । काठमाण्डौ प्लेअफमा पुग्न आज ललितपुरलाई हराउनैपर्ने हुन्छ । काठमाण्डौ ७ खेलमा ९ अङ्कसहित सातौँ स्थानमा छ । काठमाण्डौले हारेको अवस्थामा झापा एफसी प्लेअफमा पुग्नेछ । झापा ८ खेलमा १० अङ्कसहित चौथो स्थानमा छ ।