एनएसएलमा आज देखि प्लेअफ चरणका खेलहरु हुँदै

448 पटक पढिएको

९ पुष २०८०, सोमबार १२:४२ सम्पादक: धादिङ न्यूज

काठमाडौं । नेपाल सुपर लिग एनएसएलमा आज देखि प्लेअफ चरणका खेलहरु हुँदैछन् । त्यो भनेको नकआउट खेल हुनेछ ।

९ टोली सहभागी एनएसएलमा लिग चरणका ३६ खेल सकिएपछि शीर्ष चार टोलीले प्लेअफमा स्थान बनाएका थिए ।

त्यसमा पहिलो शीर्ष स्थानमा रहेको पोखरा थण्डर्स र दोस्रो स्थानको धनगढी एफसीबीच आज पहिलो क्वालिफायर हुनेछ । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा साँझ साढे ५ बजे सुरु हुनेछ ।