एनएसएल: धनगढी फाइनलमा पुग्यो

112 पटक पढिएको

सम्पादक: Dhading News

काठमाण्डाै – पाेखरा थन्डर्सलाई पेनाल्टी शुटआउटमा हराउँदै धनगढी दाेस्राे संस्करणकाे एफसी नेपाल सुपर लिग (एनएसएल) काे फाइनलमा पुगेकाे छ ।

साेमवार त्रिपुरेश्वरकाे दशरथ रङ्गशालामा भएकाे पहिलाे क्वालिफायरमा पाेखरालाई पेनाल्टी शुटआउटमा ४–३ गाेलले हराउँदै धनगढी उपाधि नजिकै पुगेकाे हाे । धनगढी लगातार दाेस्राे पटक फाइनलमा पुगेकाे हाे । धनगढी पहिलो संस्करणमा फाइनलमा काठमाण्डाै रेजर्ससँग पराजित हुँदै उपविजेता बनेकाे थियाे ।

निर्धारित ९० मिनेटकाे खेल १–१ गाेलकाे बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा गएकाे थियाे । अतिरिक्त समयमा पाेखरा र धनगढीले १–१ गाेल गर्दै खेल २–२ काे बराबरीमा सकिएपछि खेल पेनाल्टी शुटआउटमा पुगेकाे हाे ।