नेपाल सुपर लिगमा आज पोखरा थन्डर्स र ललितपुर सिटी भिड्दै

105 पटक पढिएको

सम्पादक: Dhading News

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) फुटबलको दोस्रो क्वालिफायर खेलमा आज ललितपुर सिटी र पोखरा थन्डर्स भिड्दैछन् । खेल बिहीबार साँझ ५ बजे दशरथ रंगशालामा सुरु हुनेछ ।

पहिलो क्वालिफायरमा धनगढी एफ.सी.सँग टाई ब्रेकरमा पराजित भएपछि पोखरा दोस्रो क्वालिफायरमा धकेलिएको हो ।

उता ललितपुरले भने इलिमिनेटर खेलमा काठमाडौं रेजर्सलाई पराजित गदै क्वालिफायरमा आफ्नो स्थान सुरक्षित ग¥यो ।

आजको खेल विजेता टोलीले शनिवार हुने फाइनल खेलमा धनगढी एफ.सी.को सामना गर्नेछ ।

लगातार दोस्रो पटक एन.एस.एल फुटबलको फाइनलमा पुगेको धनगढी यसपटक भने उपाधि जित्ने लक्ष्यमा रहेको छ । अघिल्लो फाइनलमा धनगढीलाई हराउँदै काठमाडौं रेजर्सले उपाधि जितेको थियो ।