ललितपुर नेपाल सुपर लिग फुटबलकाे फाइनलमा
168 पटक पढिएको
काठमाण्डाै । पाेखरा थन्डर्सलाई हराउँदै ललितपुर सिटी एफसी दाेस्राे संस्करणकाे नेपाल सुपर लिग फुटबल (एनएसएल) काे फाइनलमा पुगेकाे छ ।
बिहीवार त्रिपुरेश्वरकाे दशरथ रङ्गशालामा भएकाे दाेस्राे क्वालिफायर खेलमा पाेखरालाई २–१ गाेलले हराउँदै ललितपुर उपाधि नजिकै पुगेकाे हाे । खेलकाे ३४ औँ मिनेटमा निखिल कदम राताे कार्ड पाउँदै बाहिरिएपछि ललितपुर १० खेलाडीमा सीमित भएकाे थियाे । तर पाेखराले यसकाे फाइदा उठाउन सकेन ।
खेलकाे पहिलाे हाफकाे इन्ज्युरी समयमा इमाेह इजेकिलले गाेल गर्दै ललितपुरलाई अग्रता दिलाएका थिए । त्यसपछि खेलकाे ७१ औँ मिनेटमा पाेखराका स्टेफेन काेजाेले गाेल गर्दै खेल १–१ काे बराबरीमा ल्याए । निर्धारित ९० मिनेटकाे खेलमा थप गाेल हुन नसकेपछि खेल अतिरिक्त समयमा गएकाे थियाे ।
अतिरिक्त समयकाे १७ औँ मिनेटमा ललितपुरका कुशल देउवाले गाेल गर्दै फेरि टाेलीलाई अग्रता दिलाए । त्यसपछि थप गाेल हुन नसकेपछि ललितपुर २–१ गाेलले विजयी भयाे ।
अब ललितपुरले एनएसएलकाे फाइनलमा पर्सि शनिवार पहिलाे संस्करणकाे उपविजेता धनगढी एफसीसँग खेल्नेछ । ललितपुर पहिलाे पटक फाइनलमा पुगेकाे हाे ।