सङ्कटालाई हराउँदै आर्मी सेमिफाइनलमा

155 पटक पढिएको

सम्पादक: Dhading News

काठमाडौं । त्रिभुवन आर्मी क्लब २३ औँ आहा रारा पोखरा गोल्ड कपको सेमिफाइनलमा पुगेको छ ।

पोखरा रङ्गशालामा भएको दोस्रो क्वाटरफाइनलमा आर्मीले साविक विजेता सङ्कटा क्लबलाई ३–० ले हरायो । आर्मीका दिनेश हेन्जनले २ र जिलेस्पी जङ्ग कार्कीले १ गोल गरे ।

अब आर्मीले सेमिफाइनलमा माघ १८ गते चर्च ब्वाइज युनाइटेड र सशस्त्र प्रहरीको एपीएफ क्लबबीचको विजेतासँग खेल्नेछ । सेमिफाइनल प्रवेशका लागि माघ १६ गते चर्च ब्वाइज र एपीएफ खेल्नेछन् ।

यही २० गतेसम्म चल्ने प्रतियोगितामा १२ वटा टोलीको सहभागिता छ । प्रतियोगिताको विजेताले १२ लाख १ हजार र उपविजेताले ६ लाख १ हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।