आईपीएलमा आज गुजरात र कोलकाता खेल्दै, हिजोको खेलमा कस्ले जित्यो ?

138 पटक पढिएको

सम्पादक: Dhading News

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दिल्ली क्यापिटल्सलाई हराउदै रोयल च्यालेन्जर्स बेंगलूरु आरसिबि ले प्लेअफ सम्भावना कायम राखेको छ । घरेलु मैदानमा गएराति भएको खेलमा बेंगलूरुले दिल्लीलाई ४७ रनले हराएको हो ।

दिल्लीका खलिल अहमद र रशिख सलामले २–२ विकेट लिए । जित पछि पाँचौँ स्थानमा उक्लिएको बेंगलूरुको १३ खेलमा १२ अङ्क भएको छ । समान खेल र समान अङ्क रहेको दिल्ली छैटौँ स्थानमा छ ।

यसैबीच, राजस्थान रोयल्सलाई हराएर चेन्नई सुपर किंग्सले प्लेअफ पुग्ने सम्भावना बलियो बनाएको छ । घरेलु मैदानमा हिजो भएको पहिलो खेलमा चेन्नईले राजस्थानलाई ५ विकेटले हराएको हो । चेन्नईका सिमरजित सिंहले ३ विकेट लिए ।

जित पछि एक खेल खेल्न बाँकी रहेको चेन्नई १४ अङ्क सहित तेस्रो स्थानमा छ । राजस्थान १२ खेलमा १६ अङ्क सहित दोस्रो स्थानमा छ ।

आईपीएलमा आज गुजरात टाइटन्स र कोलकाता नाइट राइडर्स खेल्दैछन् ।