आईपीएल क्रिकेट वर्षाका कारण खेल रद्द, आज दिल्ली र लखनउ खेल्दै

359 पटक पढिएको

१ जेष्ठ २०८१, मंगलवार १२:५६ सम्पादक: धादिङ न्यूज

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा गुजरात टाइटन्स र कोलकाता नाइट राइडर्सबीचको खेल रद्द भएको छ ।

लगातारको वर्षाका कारण टस पनि नभई गएरातिको खेल रद्द भएको हो । एक बल पनि नभई खेल रद्द भएपछि गुजरात र कोलकाताले १–१ अङ्क बाँडेका छन् ।

आईपीएलमा आज दिल्ली क्यापिटल्स र लखनउ सुपर जाएन्ट्स खेल्दैछन् ।