आईपीएल क्रिकेटमा आज राजस्थान र पञ्जाब भिड्दै

341 पटक पढिएको

२ जेष्ठ २०८१, बुधबार १२:४१ सम्पादक: धादिङ न्यूज

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज राजस्थान रोयल्स र पञ्जाब किंग्स खेल्दैछन् । गुवाहटीमा यो खेल नेपाली समयअनुसार राति पौने ८ बजे शुरु हुनेछ ।

राजस्थान १२ खेलमा १६ अङ्कका साथ तालिकाको दोस्रो स्थानमा छ । आजको खेल जितेमा राजस्थान प्लेअफमा पुग्नेछ । गएराती भएको खेलमा दिल्ली क्यापिटल्सले लखनउ सुपर जायन्ट्स हराएको छ ।

घरेलु मैदानमा गएराति भएको खेलमा दिल्लीले लखनउलाई १९ रन हराएको हो ।