आईपीएलको उपाधि कोलकाताले जित्यो

400 पटक पढिएको

१४ जेष्ठ २०८१, सोमबार १०:१३ सम्पादक: धादिङ न्यूज

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)को उपाधि कोलकाता नाइट राइडर्सले जितेको छ। आइतबार राति भएको फाइनल खेलमा सनराइजर्स हैदरावादलाई ८ विकेटले पराजित गर्दै कोलकाताले उपाधि जितेको हो।

योसँगै कोलकाताले आईपीएलको उपाधि तेस्रो पटक हात पार्न सफल भएको छ। यसअघि २०१२ र २०१४ मा कोलकाताले उपाधि जितेको थियो। सन् २०१६ मा उपाधि जितेको हैदरावाद भने सन् २०१८ पछि दोस्रो पटक फाइनलमा पराजित भयो ।

हैदरावादले प्रस्तुत गरेको १ सय १४ रनको लक्ष्य कोलकाताले ११ औं ओभरमा पूरा गर्‍यो ।