अन्तराष्ट्रिय धादिङ समाजको अध्यक्षमा राजन खकुराल चयन

250 पटक पढिएको

सम्पादक: Dhading News

धादिङबेसी, २३ असोज २०८१ । प्रवासमा छरिएर रहेका धादिङ्गेलीहरुको संस्था अन्तराष्ट्रिय धादिङ समाजको अध्यक्षमा राजन खकुराल चयन भएका छन् । खकुराल यस अघि पनि अध्यक्ष थिए ।

मंगलबार धादिङबेसीमा सम्पन्न तेस्रो महाधिवेशनले खकुरालको अध्यक्षतामा २१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।

नवनिर्वाचित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा दिनेश तामाङ (नेपाल), महिला उपाध्यक्षमा सविना थपलिया (अस्ट्रेलिया), खुल्ला उपाध्यक्षमा राजेन्द्र श्रेष्ठ (जापान) र बद्री खतिवडा(अमेरीका) चयन भएका छन् ।

महाधिवेशनले महासचिवमा बाबुकाजी भण्डारी(जापान), सचिवमा राजेन्द्र थपलिया (द. कोरिया), सचिवमा कल्याण विक्रम कार्की (अष्ट्रेलिया), कोषाध्यक्षमा रामकुमार थापा (नेपाल), सह कोषाध्यक्षमा सोमनाथ कडेंल (कतार) चयन गरेको छ ।

यसैगरी सदस्यहरुमा दिपक तिमिल्सिना (युके), पारस भण्डारी(अस्ट्रेलिया), विनोद उप्रेती(अस्ट्रेलिया), कमल दुवाडी(अमेरीका), छन्द प्रसाद सिलवाल (भारत) चयन भएका छन् ।

कार्यसमितिमा १ जना महिला उपाध्यक्ष, महिला सविच, प्रवक्ता र ४ जना सदस्य पछि मनोनयन गरिनेछ ।

महाधिवेशनमा विश्वका १४ देशमा रहेका धादिङ्गेलीहरु मध्येबाट एक सय २५ जना भन्दा बढि प्रतिनीधी सहभागी थिए । महाधिवेशनको लागि १४ देशबाट सहभागी भएको र ४ देशबाट प्रतिनिधि नआएको अध्यक्ष खकुरालले बताए । भौतीक उपस्थिति जनाउन नसकेका प्रतिनीधिहरु भर्चुअल माध्यमबाट जोडिएको अध्यक्ष खकुरालले वताए ।

अन्तराष्ट्रिय धादिङ समाजको १८ देशमा राष्ट्रिय समन्वय परिषदको शाखा विस्तार भएको छ।
अन्तर्राष्ट्रिय धादिङ समाजले जिल्लामा विभिन्न क्षेत्रमा सहयोग गर्दै आईरहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *