रवि लाछिानेलाई आईतबार अदालतमा उपस्थित गराईने

65 पटक पढिएको

सम्पादक: Dhading News

काठमाडौं,३ कात्तिक २०८१ शनिबार । : सहकारी ठगी तथा सङ्गठित अपराधसम्बन्धी मुद्दा सम्बन्धमा अनुसन्धानका लागि शुक्रबार साँझ काठमाण्डौंबाट पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा)का अध्यक्ष एवम् पूर्व गृहमन्त्री रवि लाछिानेलाई शनिबार विहान ३ वजे पोखरा पु¥याईएको छ ।

अनुसन्धान गर्न जिल्ला अदालत कास्कीबाट अनुमति पाएसँगै शुक्रबार साँझ काठमाडौंमा पक्राउ गरेर प्रहरीले लामिछानेलाई सडकमार्ग हुँर्द राति नै पोखरा लगेको हो।

उनलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य परीक्षण गरी बिहान ३ बजेतिर जिल्ला प्रहरी कार्यालय कास्कीमा लगेको प्रहरीले जनाएको छ।

शनिबार सार्वजनिक बिदा भएका कारण आइतबार मात्रै उनलाई अदालतमा उपस्थित गराइने प्रहरीले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *