नारायणगढ मुग्लिन सडकमा बस र इभिहायस ठोक्किंदा चार जनाको मृत्यु

92 पटक पढिएको

सम्पादक: Dhading News

चितवन, २३ कात्तिक २०८१ । चितवनको नारायणगढ मुग्लिन सडक खण्डमा आज विहान दुर्घटना हुंदा चार जनाको ज्यान गएको छ । नारायणगढ–मुग्लिन सडकखण्डको सत्रकिलो भन्ने स्थानमा बस र इलेक्ट्रिक हाइस गाडी ठोक्किएर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको हो ।

मुग्लिनबाट नारायणगढतर्फ जाँदै गरेको बा.प्र. ०६–००१ ज ०२९८ नम्बरको हाइस र नारायणगढबाट मुग्लिन तर्फ आउँदै गरेको बा.प्र. ०३–००१ ख २८१२ नम्बरको बस आज बिहान करिब ३ बजे ठोक्किएर दुर्घटनाभएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

चितवन प्रहरी प्रवक्ता डीएसपी भेसराज रिजालले दिएको जानकारी अनुसार दुर्घटनामा तीन पुरुष र एक महिलाको मृत्यु भएको  छ ।   मृतक सबै हायसमा सवार यात्रुहरु हुन् । मृतकहरुमध्ये गोर्खाको आरुघाट गाउँपालिका १ मान्बु बस्ने वर्ष ४०/४२ को राज बहादुर गुरुङको मात्र सनाखत भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

नामथर वतन नखुलेकी अन्दाजी  ४० वर्षकी एक महिला,  अन्दाजी ३०–३५ वर्षका दुई पुरुषको पनि दुर्घटनामा परेर ज्यान गएको छ ।

सो दुर्घटनामा अन्य चार जना घाइते भएकोमा दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ ।


One thought on “नारायणगढ मुग्लिन सडकमा बस र इभिहायस ठोक्किंदा चार जनाको मृत्यु

Leave a Reply

Your email address will not be published. Required fields are marked *