चितवन, २३ कात्तिक २०८१ । चितवनको नारायणगढ मुग्लिन सडक खण्डमा आज विहान दुर्घटना हुंदा चार जनाको ज्यान गएको छ । नारायणगढ–मुग्लिन सडकखण्डको सत्रकिलो भन्ने स्थानमा बस र इलेक्ट्रिक हाइस गाडी ठोक्किएर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको हो ।
मुग्लिनबाट नारायणगढतर्फ जाँदै गरेको बा.प्र. ०६–००१ ज ०२९८ नम्बरको हाइस र नारायणगढबाट मुग्लिन तर्फ आउँदै गरेको बा.प्र. ०३–००१ ख २८१२ नम्बरको बस आज बिहान करिब ३ बजे ठोक्किएर दुर्घटनाभएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
चितवन प्रहरी प्रवक्ता डीएसपी भेसराज रिजालले दिएको जानकारी अनुसार दुर्घटनामा तीन पुरुष र एक महिलाको मृत्यु भएको छ । मृतक सबै हायसमा सवार यात्रुहरु हुन् । मृतकहरुमध्ये गोर्खाको आरुघाट गाउँपालिका १ मान्बु बस्ने वर्ष ४०/४२ को राज बहादुर गुरुङको मात्र सनाखत भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
नामथर वतन नखुलेकी अन्दाजी ४० वर्षकी एक महिला, अन्दाजी ३०–३५ वर्षका दुई पुरुषको पनि दुर्घटनामा परेर ज्यान गएको छ ।
सो दुर्घटनामा अन्य चार जना घाइते भएकोमा दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ ।
Blue Techker Very well presented. Every quote was awesome and thanks for sharing the content. Keep sharing and keep motivating others.