मास्टारमा २० करोडको लागतमा सुविधा सम्पन्न रिसोर्ट सञ्चालनमा आउँदै

293 पटक पढिएको

सम्पादक: Dhading News

काठमाडौं,१४ पुस २०८१ । धादिङको गल्छी गाउँपालिका वडा नम्बर ४ मास्टारमा  त्रिपल क्राउन रिसोर्ट सञ्चालनमा आउने भएको छ । रिसोर्ट केही दिन भित्रमा औपचारिक रुपमा उद्घाटन गर्ने गरि व्यवस्थापनको काम भईरहेको बताईएको छ ।

आन्तरिक र वाह्य पर्यटकलाई लक्षित गरी जग्गा बाहेक करिब २० करोड रुपैयाँ लागतमा रिसोर्ट बनाएको रिर्सोटका संचालक राजनीतिक, सामाजिक तथा व्यवसायिक व्यक्तित्व केशव अधिकारीले बताए।

मुलुकको पर्यटन व्यवसायलाई समृद्ध तुल्याउन स्तरीय होटल आवश्यक देखेर  अलिक फरक अवधारणामा त्रिपल क्राउन रिसोर्ट सञ्चालनमा ल्याईएको सञ्चालक अधिकारीले बताए ।

रिसोर्टमा  खानपिनका साथै सम्मेलन, सेमिनार, बैठक र विवाहलगायत कार्यक्रम गर्न सकिने छ।  होटलमा स्विमिङ पुल, ५० जना क्षमताको सेमिनार हल, जाभा कफी सप, किण्डर जोन, ८० वटा गाडीका लागि पार्किङ, २०० जना क्षमताको बैंक्विट हल, रुफ टप रेष्टुरेन्ट लगायत सुविधा छन्।९ रोपनी क्षेत्रफलमा रहेको रिसोर्ट राजमार्गबाट ६५ मिटर दूरीमा छ।

पृथ्वीराजमार्ग हुंदै यात्रा गर्ने देश विदेशका यात्रुहरुका साथै नेपालकै पहिलो जलयात्रा शुरु भएको त्रिशूली नदीका साथै रिसोर्ट नजिकै रहेको गुप्तेश्वरी गुफा, कालिका मन्दिर लगायत धार्मिक पर्यटकिय स्थलहरुको प्रवर्धन गर्ने गरी आकर्षक प्याकेज ल्याउने तयारी गरेको छ। हाइकिङ गर्न चाहनेलाई ब्रेकफास्ट सहितको प्याकेज ल्याउने सञ्चालकअधिकारीले बताए।

इभि सवारी साधनका लागि चार्जिङ स्टेसन सञ्चालनमा ल्याउने तयारीमा रहेको रिसोर्टले एक पटकमा ४ वटा इभी चार्ज गर्न सकिने गरी चार्जिङ स्टेसन बनाउन लागेको अधिकारीले जानकारी दिए। उनका अनुसार रिसोर्टमा निजी सवारीसाधन लिएर पुग्ने पाहुनाका चालकका लागि छुट्टै शयन कक्ष राखिएको छ।

पछिल्लो समय काठमाडौंबाट विकेण्डका लागि नजिकै रिफ्रेस हुन जाने क्रम बढेकाले रिसोर्ट सञ्चालनमा ल्याएको अधिकारीले बताए। रिसोर्टमा २३ जनाले रोजगारी पाएका छन्। रिसोर्टको व्यवस्थापन अधिकारी आफैंले हेर्दै आएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *