संघीय संसदका दुबै सदनको बैठक बस्दै
79 पटक पढिएको
![](http://dhadingnews.com/wp-content/uploads/2023/07/samsad.webp)
काठमाडौं, २४ माघ । आज संघीय संसदका दुवै सदनको बैठक बस्दैँछ ।
संघीय संसद अन्तर्गतको प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे बस्नेछ भने राष्ट्रियसभाको बैठक दिउँसो १ः१५ बजे बोलाइएको छ ।
गत माघ १८ गते देखी सुरू भएको संसदको हिउँदे अधिवेसनको दोस्रो बैठक आज बस्न लागेको हो ।
बैठकमा सरकारले जारी गरेको ६ वटा अध्यादेशका बारेमा छलफल हुनेछ ।