माओवादी केन्द्रको जागरण अभियान स्थगित

52 पटक पढिएको

सम्पादक: Dhading News

काठमाडौं । नेकपा माओवादी केन्द्रले हुलाकी राजमार्ग केन्द्रित तराई मधेश जागरण अभियान एक्कासी स्थगित भएको छ । राजावादीको गतिविधि बढेको भन्दै माओवादीले जागरण अभियान स्थगित गरेको बताएको छ ।

झापाको कचनकबलबाट फागुन १२ देखि सुरु भएको जागरण अभियान आज रौतहट पुगेको थियो । संसद्को काम कारबाहीलाई प्रभावकारी बनाउन, संघीय लोकतान्त्रिक गणतान्त्रिक प्रणालीविरुद्ध भइरहेका गतिविधिको प्रतिवाद गर्न एक महिने अभियान स्थगित गरिएको माओवादी केन्द्रले जनाएको छ ।

अभियान अन्तर्गत शनिबार रौतहटमा कार्यक्रम भएको छ । जहाँ अध्यक्ष प्रचण्डसहितका नेताहरू रहेका छन् । तर, यसपछिका अभियानलाई भने केही समय स्थगित गरेर संसदीय मोर्चामा सक्रिय रहँदै प्रतिगामी शक्तिहरूको गतिविधिलाई चिर्ने गरी पार्टी लाग्ने माओवादीको भनाइ छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *