चैत्र १५ गते तीनकुने घटनामा संलग्न थप सात जना पक्राउ

324 पटक पढिएको

२० चैत्र २०८१, बुधबार २२:३१ सम्पादक: धादिङ न्यूज

काठमाडौं । चैत्र १५ गते तीनकुनेमा राजावादी समूहले गरेको प्रदर्शनमा अराजक गतिविधि गर्ने थप सातजनालाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौंको तीनकुने क्षेत्रमा आगजनी, तोडफोड गरी राज्यविरुद्धको कसुर र आपराधिक उपद्रव लगायतका अपराधमा संलग्न रहेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेहरूमा रुपन्देहीको देवदह नगरपालिका–९ घर भएका ४७ वर्षीय प्रेम थापामगर, झापाका २१ वर्षीय समीर मगर, रामेछापका २२ वर्षीय सुरेश गौतम, ताप्लेजुङका २३ वर्षीय सुशिल बराल, नुवाकोटका २७ वर्षीय रमेश राई, अछामका २० वर्षीय गोकर्ण शाही र संखुवासभाका ३९ वर्षीय मुकुन्द दहाल छन् ।

प्रहरीले तीनकुने क्षेत्रमा आगजनी, तोडफोडमा संलग्न भएका ४१ जना र त्यसपछि १८ जनालाई पक्राउ गरेको थियो ।