काठमाडौंमा घरभित्र करोडौँ नगद र तीन किलो सुन फेला

399 पटक पढिएको

१७ भाद्र २०८२, मंगलवार २०:२९ सम्पादक: धादिङ न्यूज

काठमाडौं । काठमाडौंको गोंगबुस्थित टाउन प्लानिङमा रहेको विनोद श्रेष्ठको घरमा प्रहरीले करोडौँ रुपैयाँ नगद र तीन किलोभन्दा बढी सुन फेला पारेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता अपिलराज बोहोराका अनुसार घरमा गरिएको तलासीका क्रममा करिब तीन करोड ७५ लाख रुपैयाँ नगद र झण्डै तीन किलो सुनका गहना बरामद गरिएको हो।

विशेष सुराकीका आधारमा प्रहरीले गोरखा नगरपालिका–१ घर भई हाल काठमाडौं–२६ बस्ने ७६ वर्षीय विनोद श्रेष्ठको घरमा छापा मारेको थियो। प्रारम्भिक अनुसन्धानमा श्रेष्ठले सुन धितो राखेर ऋण दिने काम गर्दै आएको खुल्न आएको प्रहरीको दाबी छ।

बरामद गरिएको रकम र सुनबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।