आज गैर आवासीय नेपाली दिवस मनाइदै

471 पटक पढिएको

२५ आश्विन २०८२, शनिबार ०६:५५ सम्पादक: धादिङ न्यूज

काठमाडौँ । आज गैरआवासीय नेपाली दिवस विभिन्न कार्यक्रमसहित मनाइँदैछ। नेपाल सरकारले अक्टोबर ११ लाई “एनआरएन डे” का रूपमा घोषणा गरेपछि हरेक वर्ष यही मितिमा यो दिवस मनाउने परम्परा बसालिएको हो।

गैरआवासीय नेपाली दिवसको सुरुवात सन् २००३ मा काठमाडौंमा सम्पन्न पहिलो विश्व सम्मेलनपछि भएको हो। त्यसयता विश्वभर छरिएर रहेका नेपालीहरूको योगदान, पहिचान र सम्पर्क सुदृढ पार्ने उद्देश्यका साथ यो दिवस मनाइँदै आएको छ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) ले आज देश र विदेशमा औपचारिक कार्यक्रमहरू आयोजना गर्दै दिवस मनाइरहेको छ। एनआरएनए विश्वभरका नेपाली नागरिक र नेपाली मूलका विदेशी नागरिकहरूलाई जोड्ने अन्तर्राष्ट्रिय सञ्जाल हो।

तर पछिल्ला वर्षहरूमा यो संस्थाभित्र राजनीतिक स्वार्थ र गुटबन्दीका कारण विभाजन देखिएको छ। नेतृत्व चयनका क्रममा विवाद बढ्दै गएपछि हाल अलग-अलग कार्य समिति बनेर विभाजित भएको छ। यसले एनआरएनएको विश्वव्यापी सञ्जाल कमजोर बनाएको र साझा उद्देश्यहरू प्रभावित भएका टिप्पणीहरू सार्वजनिक भएका छन्।

पछिल्लो तथ्यांक अनुसार संघमा हाल ६८ हजारभन्दा बढी सदस्य रहेका छन्, र ५६ वटा राष्ट्रिय समन्वय परिषद् मार्फत विश्वका विभिन्न देशमा एनआरएनए सक्रिय रहेको छ।