धादिङ नेपाली समाज अमेरिकाद्धारा देउसी-भैलो कार्यक्रम सम्पन्न

670 पटक पढिएको

५ कार्तिक २०८२, बुधबार १६:१२ सम्पादक: धादिङ न्यूज

अमेरिका- अमेरिकामा रहेका धादिङ्गेलीहरुले  देउसी-भैलो भव्यताका साथ मनाएका छन् । धादिङ नेपाली समाज अमेरिकाले लङ आईल्याण्ड र जक्सन हाईट्स क्षेत्रमा अत्यन्तै भव्य र उत्साहपूर्ण रूपमा देउसी भैलो सम्पन्न भएको हो ।

धादिङ समाजका बोर्ड अफ डाईरेक्टर देवेन्द्र गिरीको संयोजनमा भएको कार्यक्रममा सदस्य, शुभेच्छुक र दाताहरूको सक्रिय सहभागिता रहेको थियो। यस वर्षको कार्यक्रमबाट ४ हजार ५ सय ३८ अमेरिकी डलर संकलन भएको र सो रकम समाजका सामाजिक, सांस्कृतिक तथा परोपकारी कार्यक्रमहरूमा उपयोग गरिने समाजका अध्यक्ष टक बहादुर रुवाली र महासचिव राम मल्ल ठकुरीले बिज्ञप्ति जारी गर्दै जानकारी दिएका छन् । संयुक्त बिज्ञप्ति मार्फत अध्यक्ष रुवाली र महासचिव मल्लले सबै सहभागी, दाताहरू र सहयोगीहरू प्रति हृदयदेखि धन्यवाद व्यक्त गरेका छन्।

समाजले आफ्नो मौलिक कला, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धनमा देखाएको समर्थनप्रति गहिरो आभार व्यक्त गरेको छ।

समाजले आगामी दिनहरूमा पनि यस्तै सहभागिता रहने विश्वास व्यक्त गरेको छ।