नागढुंगा–सिस्नेखोला सुरुङ सञ्चालनका लागि अन्तर्राष्ट्रिय टेण्डर आह्वान

405 पटक पढिएको

१७ कार्तिक २०८२, सोमबार ०७:०९ सम्पादक: धादिङ न्यूज

काठमाडौं, १७ कात्तिक । नागढुंगा-सिस्नेखोला सुरुङमार्ग सञ्चालन तथा मर्मतका लागि अन्तर्राष्ट्रिय सेवा प्रदायक छनोट गर्न टेण्डर आह्वान गरिएको छ।

नागढुंगा सुरुङ निर्माण आयोजनाले आइतबार जारी गरेको सूचनाअनुसार बोलपत्र बुझाउने अन्तिम मिति २ पुस २०८२ (१७ डिसेम्बर २०२५) तोकिएको छ। सुरुङ सञ्चालनका लागि १५० जनाको दरबन्दी प्रस्ताव गरिएको छ, जसमा सुरक्षा व्यवस्थापन, टोल उठाउने र मर्मतका कर्मचारी रहनेछन्।

आयोजनाका अनुसार सेवा प्रदायक कम्पनीले पाँच वर्षसम्म सुरुङ सञ्चालन र मर्मतको जिम्मेवारी पाउनेछ। सरकारका अनुसार सुरुङमार्ग पार गर्न कारका लागि ६०-६५ रुपैयाँ र भारी सवारीका लागि ६०० रुपैयाँसम्म टोल शुल्क तोकिएको छ।

केपि ओली नेत्तृत्वको तत्कालिन सरकारले सुरुङ मार्ग प्रवेशका लागि सवारी साधन संग शुल्क लिने निर्णय गरेकोमा शुसिला कार्की नेत्तृत्वको सरकारले सो शुल्क नलिने निर्णय गरेर सस्तो लोकप्रियता लिन खोजे पनि अन्ततः सुरुङ मार्ग प्रवेशमा शुल्क लाग्ने भएको छ ।