नेपाल पत्रकार महासंघ जापान शाखाको सदस्यमा धादिङका भुवन भण्डारी र दुर्गाप्रसाद आचार्य निर्विरोध
635 पटक पढिएको
धादिङ । नेपाल पत्रकार महासंघ जापान शाखाको कार्य समिति सदस्यमा धादिङका भुवन भण्डारी, दुर्गा प्रसाद आचार्य सहित अन्य ११ जना निर्विरोध चयन भएका छन् ।
सन २०२५ देखि २८ सम्मको तीन बर्षको अवधिका लागि नोभेम्बर २३ मा हुन लागेको महासंघको निर्वाचनका लागि उम्मेदवारी दिएका मध्ये सह सचिव खुल्लामा बिष्णुप्रसाद सापकोटा, सह सचिव जनजातीमा फुर्वा शेर्पा, कोषाध्यक्षमा भुल बहादुर राना निशान र सदस्यहरुमा दिनेश थापा, दुर्गा प्रसाद आचार्य, भवानी भट्ट, भुवन भण्डारी,रामचन्द्र गिरी र विनोद ढकाल सर्वसम्मत चयन भएका छन ।
अध्यक्षमा धादिङका राजन गौतम र गोर्खाका रविन्द्र श्रेष्ठ बिच प्रतिस्पर्धा हुँदैछ भने उपाध्यक्षमा गोकर्ण अधिकारी, मनिषा चम्लागाँइ र विनोद कुमार सापकोटाको उम्मेदवारी रहेको छ ।
त्यसै गरी उपाध्यक्ष महिलामा लक्ष्मी पौडेल र सजिना मोक्तान र सचिवमा अर्जुन लामिछाने र विश्वास आचार्यको उम्मेदवारी रहेको छ ।
सदस्यमा निर्वाचित भण्डारी गजुरीका र आचार्य नीलकण्ठ नगरपालिकाका वासिन्दा हुन । दुवै जना जापानमा पत्रकारितामा सक्रिय रहेका छन् ।








Yo, slotspk32game is where it’s at! Seriously, the games are fire and I’ve actually won a few bucks. Give slotspk32game a shot, you might get lucky!
https://shorturl.fm/6HYwG