कस्तो हुनेछ आजको मौसम पूर्वानुमान ?

46 पटक पढिएको

२५ कार्तिक २०८३, मंगलवार ०७:३६ सम्पादक: धादिङ न्यूज

काठमाडौं । देशका केही स्थानमा आज वर्षा र हिमपातको सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षासँगै हिमपात हुन सक्नेछ।

महाशाखाले जारी गरेको मौसम पूर्वानुमानअनुसार आज दिउँसो देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहनेछ भने तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ।

दिउँसो हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

त्यसैगरी, आज राति हिमाली क्षेत्रमा आंशिक बदली रहनेछ भने देशका बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने पूर्वानुमान गरिएको छ।

महाशाखाका अनुसार तराईका साथै उपत्यका र खोँचहरूमा बिहानको समयमा केही स्थानमा हल्का हुस्सु तथा कुहिरो लाग्न सक्नेछ।

हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेकाले मौसममा यस्तो अवस्था देखिएको महाशाखाले जनाएको छ।