लक्षित वर्गका समुदायको क्षमता अभिबृद्धिका लागि प्रशिक्षण

573 पटक पढिएको

सम्पादक: Dhadingnews.com

SAM_1496महादेवबेसी,१३ बैशाख ( धादिङन्युज)–लक्षित वर्गका समुदायको क्षमता अभिबृद्धिका लागि चन्द्रज्योती एककिृत ग्रामीण विकास समाज सिर्डस धादिङको आयोजनामा महादेवबेसीमा संचालित तीन दिने तालिम शुक्रवार सम्पन्न भएको छ ।
युनाइटेड मिसन टु नेपालको सहयोगमा सिर्डस धादिङले सञ्चालन गरेको लक्षित समुदायको पहुँच बृद्धि कार्यक्रम अन्तर्गत आवद्ध समुहका प्रतिनीधिहरुको लागि तालिमको आयोजना गरिएको थियो । बुधबारबाट सुरु भई शुक्रबार सम्पन्न भएको तालिममा संस्थाका अध्यक्ष उर्मिला रेग्मी,कार्यक्रम संयोजक महेशप्रसाद जोशी ,एम.एस.आइ अधिकृत गंगा सुवेदी र संस्थाका कार्यक्रम निर्देशक गोकर्ण रुपाखेतीले सहजीकरण गर्नुभएको थियो । तालिममा लक्षित समुदायको नेतृत्व विकास,घरेलु हिंसा, मानव बेचविखन,लाञ्छाना तथा भेदभावका विषयमा छलफल गरिएको थियो ।
लक्षित वर्गका ३० जना प्रतिनीधिहरुको सहभागिता रहेको तालिममा लक्षित वर्ग केन्द्रीत बजेट कार्यन्वयन,लक्षित वर्ग विकास कार्यक्रम, सामाजिक सशक्तिकरणका लागि समुदाय स्तरमा कार्यक्रम सञ्चालन गरिनुपर्ने सुझाव सहभागिहरुले दिएको संस्थाका अध्यक्ष रेग्मीले जानकारी दिनुभयो ।