झुक्याएर अनाथ बनाइएका वालबालिकाको पुर्नस्थापना गरिने

659 पटक पढिएको

सम्पादक: Dhadingnews.com

धादिङबेसी,१३ बैशाख ( धादिङन्युज)– जवरजस्ती अनाथ बनाइएका वालबालिकाको उद्धार र पूर्नमिलनका लागि धादिङ जिल्लामा कार्यक्रम सञ्चालन हुने भएको छ ।हिमाली नवीन समाज र मलाई नबिर्सनु ल अष्ट्रेलिया संस्थाको संयुक्त पहलमा कार्यक्रम सञ्चालन हुन लागेको हो । पछिल्लो समयमा धादिङ जिल्लाका विशेष गरी उत्तरी क्षेत्रका विकट वस्तीबाट वालबालिका लाई राम्रो शिक्षा दिक्षा दिने प्रलोभनमा पारी अभिभावकबाट रकम लिएर वालबालिकालाई देशका विभिन्न भागमा पु¥याएर अलपत्र पार्ने र अनाथ बनाई छाडिदिने कार्य बढदै गएको हिमाली नवीन समाजका पूर्नस्थापना अधिकृत सुरेन्द्र लामाले बताउनु भयो ।
संस्थाले यसरी अलपत्र पारिएका वालबालिकाको सरकारी स्तरबाट उद्धार भइ सिफारिश आएपछि परिवारसंग पूर्नमिलन र पढाइका लागि सहयोग गर्दै आइरहेको लामाले जानकारी दिनुभयो । यसैक्रममा धादिङ झार्लाङबाट दुई वर्ष अघि परिवारलाई झुक्याएर काठमाण्डौको एक अनाथालयमा अलपत्र पारिएकी बालिकाको पूर्नस्थापना गरी परिवारको जिम्मा लगाइएको र पढाइका लागि सहयोग उपलब्ध गराइएको लामाले बताउनुभयो ।