निर्वाहमुखी खेतीवाट प्रतिफल पाईदैन – मन्त्री पराजुली

559 पटक पढिएको

सम्पादक: Dhadingnews.com

धादिङ–निर्वाहमुखी खेतीवाट किसानले लगानीको प्रतिफल लिन नसक्ने भएकाले अब कृषिको विकास गरी पारिवारिक खेती तर्फ उन्मुख हुनुपर्ने कृषि मन्त्री हरीप्रसाद पराजुलीले वताउनुभएको छ ।  निर्वाहमुखी खेतीले समयको वर्वादी संगै आयश्रोतमा समेत ह्रास ल्याउने भएकाले प्रतिफल पाउने खेती प्रणालीको विकास गर्न अव सबै पक्ष लाग्नु पर्ने मन्त्री पराजुलीले वताउनुभयो ।
SAM_2530    कृषिको विकास नगरी ग्रामीण जनताको जिवनस्तरमाथि उकास्न नसकिने भएकाले अवको वजेटमा कृषि क्षेत्रको विकासका लागि बिशेष कार्यक्रम ल्याउन लागिएको पनि मन्त्री पराजुलीले वताउनुभएको छ ।  अवको वजेट भाषण मार्फत गरिव किसानको हितमा   व्यवासायिक कृषिमा संलग्न हुन चाहनेहरुको लागि वित्तिय संस्थाको व्याजमा ५० प्रतिशत व्याज तथा कृषि औजारमा छुटको व्यवस्था गरिने भएको छ । त्यसैगरी समान हैसियत भएका विपन्न पांच परिवार समुहमा आवद्ध गराई गाविसवाट समुहको पञ्जिकरण भएपछि सामुहिक खेतीगर्न जग्गा भाडामा लिनको लागि विपन्न समुहलाई सरकारले अनुदानको व्यवस्था गर्नुका साथै अन्य सहयोगको कार्यक्रम समेटन लागिएका मन्त्री पराजुलीले वताउनुभयो ।  यसैगरी कृषि यान्त्रिकरणको प्रयोग बढाउन पनि बिशेष कार्यक्रम ल्याउन लागिएको उहांले वताउनुभयो ।
धादिङको सदरमुकाम धादिङबेसीमा बुधवार आयोजना गरिएको अन्र्तराष्ट्रिय पारिवारिक खेती बर्ष २०१४ सम्वन्धि जिल्लास्तरीय किसान भेलाको उदघाटन गर्दै मन्त्री पराजुलीले किसानको जिवनस्तर नउकासिए सम्म मुलुकको आर्थिक विकास नहुने वताउनुभएको हो ।  कार्यक्रमलाई कृषि मन्त्रालयका सचिव जयमुकुन्द खनाल,धादिङ क्षेत्र नम्बर २ का सभासद गुरुप्रसाद बुर्लाकोटी,कृषि विभागका महानिर्देशक डाक्टर युवकध्जव जिसी, साना किसान केन्द्रिय सहकारी संघका अध्यक्ष खेम पाठक लगायतले सम्वोधन गरेका थिए । जिल्ला कृषि विकास कार्यालय र साना किसान कृषि सहकारी संघ लि धादिङको संयुक्त आयोजनामा भएको उक्त कार्यक्रममा सहभागी हुनका लागि जिल्लाको गाउँ गाउंवाट किसानहरु सदरमुकाम आएका थिए ।