बालबालिकाले देखाए ‘एचआईभी’ सचेतना सडक नाटक
1128 पटक पढिएको

माधव अधिकारी
काठमाण्डौ, २५ जेठ
मध्यबानेश्वरस्थित एपेक्स लाईफ स्कुलका विद्यार्थीले आईतबार राजधानीका तीन स्थानमा ‘एचआईभी’ नामक जनचेतनामूलक सडक नाटक प्रदर्शन गरेका छन् । विद्यार्थीको संस्था एपेक्स लाईफ स्टुडेन्ट्स काउन्सिलले नयाँ बानेश्वर, गौशाला र भीमसेनगोलामा सडक नाटक देखाएको हो । नाटकमा एचआईभी संक्रमितलाई समाजले हेर्ने दृष्टिकोण र उनीहरुको दयनीय जीवन चित्रण गरिएको छ । महिलामाथि हुने घरेलु हिंसा, रोजगारीका लागि विदेशिनु पर्ने बाध्यता, लागुपदार्थ दुव्र्यसन लगायतका समस्या पनि समेटिएको थियो ।
स्टुडेन्ट्स काउन्सिलकी अध्यक्ष आश्रा न्यौपानेको लेखन र निर्देशन रहेको नाटकमा प्रदीप मगराती, कुसुुम शर्मा, े,सृष्टि श्रेष्ठ, मुस्कान मल्ल ,दीपिका बाँस्तोला, आश्रा न्यौपाने राज आचार्य, प्रश्रय अर्याल, विपिन अर्याल, खेमराज लामा, मनिष गौतम,दीपिन अर्याल र सृजन दाहालले अभिनय गरेका छन् । नाटकमा टंक संग्रौलाले संगीत दिएका थिए । एचआईभीबाट बच्न समुदायलाई सचेत पार्नु नाटकको उद्देश्य रहेको काउन्सिलले जनाएको छ ।